बुधबार, पौष २३, २०७६ || 1184  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२३

नयाँ पत्रिका दैनिकले मिटरब्याज धन्दाबारेको समाचारलाई प्रमुख समाचार बनाएको छ । ‘श्याम परदेशीभन्दा खुंखार साहुकार, न्याय माग्दै पीडितको  अर्को समूह काठमाडौंमा’ शीर्षकको समाचारमा भनिएको छ–लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय यादव र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।सलार्हीको बागमती–७ राजघाटका ४५ वर्षीय जवाहर साहले जग्गा खरिद गर्दा १० लाख ऋण लागेको थियो । ३६ प्रतिशतका दरले ब्याज तिर्नुपथ्र्यो । चर्को ब्याजबाट मुक्ति पाउन उनले साहुकार रायसँग १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर ०६८ मा १२ लाख ५० हजार ऋण लिए । साहुकार रायले २३ लाखको कपाली तमसुक पनि बनाए । ब्याजको दर ३६ प्रतिशत तोके ।ठेक्कामा जग्गा लिएर खेती गर्ने साहले कमाएजति रकम बन्धकी राखेको जग्गा फिर्ता गर्न साहुकार रायलाई बुझाउँदै गए । ८ भदौ ०७१ सम्म उनले १७ लाख बुझाइसकेका थिए । जग्गा फिर्ता लिन जाँदा थाहा पाए बन्धकी राखेको जग्गा त साहुकार रायले पहिला नै २२ लाख ८८ हजारमा अर्कैलाई बेचिसकेका रहेछन् । साह छाँगाबाट खसेझैँ भए । तैपनि साहुकारका अगाडि निरीह बने । जग्गा फिर्ता पाउने आस मरेपछि उनले २३ लाखको कपाली तमसुक च्यातिदिन आग्रह गरे । तर, साहुकार रायले साढे १२ लाख ऋणको ब्याजसमेत गरेर उल्टै ४५ लाख तिर्नुपर्ने हिसाब सुनाए ।साहुकारको ऋणले थिचिएका साह ब्याजको हिसाब सुनेर झन् गले । केही उपाय नलागेपछि उनी गुहार माग्दै काठमाडौं आइपुगेका छन् ।साहुकारको ऋणले थिचिएका साह ब्याजको हिसाब सुनेर झन् गले । केही उपाय नलागेपछि उनी गुहार माग्दै काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!