खबर ठुलो छ

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् । सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ । गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ । स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताए । स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पु¥याउन नसकी घर फर्काइएको छ । बुढाको शरीरबाट रगत बगेको र सुत्केरी हुन नसकेको बारे स्वास्थ्यकर्मीलाई खबर गरेर गाउँमै बोलाइए पनि पहिराले गर्दा स्वास्थ्यकर्मीसमेत आउन नसकेको रोकायाको भनाइ छ । बिच्छ्या स्वास्थ्यचौकी युनाबाट करीब पाँच घण्टाको पैदल दूरीमा पर्छ । दुर्गम उक्त गाउँबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती बोकेर ल्याउन तीन दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । बुढालाई बोकेर ल्याउँदा वर्षाका कारण पहिरो आएमा बीच बाटामा अलपत्र पर्ने र ज्यान जाने जोखिमका डरले कोल्टी ल्याउन नसकिएको रोकाया बताउँछन् । गर्भवतीको उच्च रक्तश्राव भइरहेकाले तत्काल उपचार नभए ज्यान जान सक्ने भएको छ । हिमाली गाउँपालिकाले भने स्वास्थ्य संस्थाले गर्भवतीको उपचारका लागि सिफारिस नगर्दासम्मका गाउँपालिका स्वास्थ्य शाखाले कुनै प्रक्रिया अघि बढाउन नसक्ने जनाएको छ ।

शुक्रबार, आषाढ २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया