चैत्र ११ गते देखिको लकडाउले सबै क्षेत्रमा असर परेको छ । त्यसमा सबै भन्दा बढि किसानहरु दोहरो मारमा परेका छन । लकडाउनको सुरुमा सबै बन्द थियो । त्यसमा उद्योगी, व्यवासायी, साना तथा ठुला पसल चलाउने र दैनिक मजदुरी गर्नेहरु सबै अप्ठयारोमा परे । लकडाउन खुकुलो भएपछि तिनीहरु पुनः काममा फर्कीए । चैत ताका किशानहरु गहु निकाल्ने तयारी गर्दै गर्दा लक डाउन भयो । त्यो बेला किशानले गहु निकाले तर बजार पाएनन ।
लगातारको लकडाउनले किशानले बिउ , मलहरु किन्न पाएनन उनीहरुले घरमै संकलन गरेर राखेको बिउ र्छन बाध्य भए । जसले उत्पादनमा कमि आउछ । यतिवेला खेतमा धान लगाएर मल छर्ने समय छ तर बजारमा मल छैन ।
व्यवसायीहरुले बजारमा मलको कृत्रीम अभाब देखाई महँगोमा बेचिरहेको स्थानीय किसानहरुले गुनासो गरेकाछन । मल नपाउने एउटा समस्या त छदै नै छ । अर्काे तर्फ महँगो मुल्य पर्ने भएकाले किन्न नसक्ने किासनहरुले खेतमा छर्न नपाएमा बर्ष भरी के खानु र परिवार कसरी पाल्नु भन्ने चिन्ताले सताएको छ ।
सिराहा बरियारपट्टीका जगदिस यादव भन्छन,‘ लकडाउन पछि सबै आ—आफ्नो काममा फर्कीएका छन । तर हामी के गर्ने भन्ने अन्यौताले सताएको छ । ग्रामथान गाँउपालिकाका मेहेरमान कामत भन्छन,‘ गरि खान ग्राहो छ के गरेर जिवन चलाउनी होला ,।