हिपमत डटकम
काठमाडौं,पुस-२३:भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ ।जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणलाई गत असारमै औपचारिक प्रस्ताव पठाएको थियो ।कम्पनीले राखेको प्रस्तावको विषयमा अध्ययन गर्न सरकारले गठन गरेको विमानस्थल सञ्चालन सिफारिश कार्यदलको सुझावका आधारमा म्युनिखलाई दोस्रोपटक छलफलका लागि बोलाइएको पर्यटन मन्त्रालयले जनाएको आर्थिक अभियान दैनिकमा खवर छ ।