भारतीय लोकप्रिय अभिनेता अक्षय कुमार पनि विबादमा तानिएका छन् । भारतमा कोरोना महामारी बढेर त्रासको अवस्था आइरहेका अक्षयकुमारले लकडाउनमा नियम विपरित हेलिकप्टर यात्रामा निस्किएपछि विबादमा तानिएका हुन् । दुई दिनका लागि हेलिकप्टरमा महाराष्ट्रमा रहेको नासिकको त्रियंबकेश्वर गएपछि विबादमा आउन नचाहाने अक्षय अप्ठ्यारोमा फसेका छन् । अनुमति नै नलिई नासिक पुगेर अक्षयले कमिश्नरसहित प्रहरी अधिकारीलाई भेटेको तस्बिर समेत अहिले बाहिरिएको छ । यस विषयमा अक्षयको टिमले भने स्वास्थ्य समस्याका कारण चिकित्सकलाई भेट्न गएको बताए पनि अक्षयले भने अहिलेसम्म केही बोलेका छैनन् । महाराष्ट्रका मन्त्री छगन भुजबलले अक्षयले अनुमती नै नलिई नियम उलंघन गर्दै गरेको कामको विषयमा जिल्ला कलेक्टरसँग सोधपुछ गरिएको जनाएको छन्।

बाँकि हेर्नुहाेस् भिडियाेमाः

https://youtu.be/Z9UYoXVouEY

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!