मंगलबार, आषाढ २३, २०७७ || 2097  पटक पढिएको

आफ्नो जनमैत्री व्यवहार र समन्वयकारी भूमिकाले सबैको मुटुमा ठाउँ बनाउन सफल ,अविचलित नेतृत्वकर्ता, विरलैकोटीका निडर, संघर्षपुरुष,धीर, सौम्य,शालीन ,सुसंस्कारी ,दृढ आत्मविश्वासी, पुरुषार्थी व्यक्तित्वका धनी स्व।बनवारी दाइ को बारेमा केही लेखने प्रयास गर्दा कहाँबाट लेख्नु शुरु गरुँ कलम टक्क रोकिएको छ । तैपनी भावनाको बेगलाई थामन न पाइ केही आफ्ना विचार पोख्दैछु । श्रद्धेय बनवारी दाइसंग तीन दशक देखिको मेरो सम्पर्क संधै गाढा आत्मियतापूर्ण रहेको थियो । उहाँबाट मलाइ प्राप्त स्नेह र भातृत्वको स्पन्दनहरुको दृष्टव्य र स्मर्तव्य यही हो कि उहाँबारे जति लेखिंदा पनि ती कुरा कहिल्यै पूर्णविराम त हुनै सक्दैनन् विराम मात्र हुन्छन् । तैपनि उहाँको सुन्दर,चम्किलो,विशाल व्यक्तित्वको मलिलो भूमिमा कलमबाट जोतकोड गर्ने जमर्को गर्दैछु ।

मेरो उहाँसंगको पहिलो भेट नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा मा काठमांडौमा भएको थियो । मोरंग व्यापार संघ बिराटनगरका तत्कालिन अध्यक्ष समाजसेवी स्व।गंगाबिसन राठीको नेतृत्वमा संघको का।का।समिती सदस्यको हैसियतले म पनि सहभागी भएको थिएं । उक्त साधारण सभामा उहाँले आफ्ना कुरा सटिक र ओजपूर्णरुपमा प्रस्तुत गर्नु भएको थियो । उहाँको मुहारमा सदविचार, सदाचार र सद्व्यवहारको ओज झल्किरहेको थियो । उहाँका तर्कयुक्त दृढ विचार,कुरा गर्ने शैलीबाट निकै प्रभावित भै म उहाँसंग सामिप्य र संगत गर्दै नजिकिएको थिएं । उहाँ त वास्तवमा एकप्रकारले समाजकालागि त्जष्लप तबलप नै हुनु हुन्थ्यो । जस्तो परिस्थित समस्या त्यस्तै समाधान को बाटो देखाउने पथप्रदर्शक भएकाले नै कतै केही समस्या पर्यो भने प्रत्येक संघ संस्थाका पदाधिकारीका साथै अन्य उहाँका सम्पर्क का व्यक्ती सल्लाह लिन पुगिहाल्थे । स्पष्टरुपमा तत्कालिन परिस्थितीमा उपयुक्त लागेको समय सापेक्ष सल्लाह निस्संकोच दिनु हुन्थ्यो । कसैलाई मनपरे पनि, नपरे पनि सत्यको खेमामा उभेर सरसल्लाह दिनु हुन्थ्यो, निर्णय गर्नु परे निर्णय गर्नु हुन्थ्यो ।
उहाँको जीवन बहुआयामिक थियो । उद्योग वाणिज्यका साथै देशको सामाजिक,धार्मिक, शैक्षिक, स्वास्थ्य सबै क्षेत्रमा उहाँको ठूलो योगदान रहेको थियो । सामूहिक र सार्वजनिक सरोकारका सेवाकार्यहरु उहाँको प्राथमिकतामा रहन्थे । देशको मायाले सिंचित उनको जीवन समाज र राष्ट्रको सेवामा संधै समर्पित रह्यो । आफूले पाएको जुनसुकै जिम्मेवारी र निर्धारित लक्ष्यलाई पूरा गर्ने उहाँको कटिबद्धता एवं जोश जांगर कहिल्यै ओइलाएन ।

करिब १७० वर्ष अगाडि नेपालको पावन भूमिमा टुसा पलाएको एउटा सानो बिऊ पुर्खाहरुको मेहनत लगनले बत्तिसकोठी साहु महाजनको रूपमा प्रतिष्ठित व्यापारी घराना भै पछि बनवारी दाइको अथक परिश्रम समर्पण तीक्ष्ण बुद्धि विवेकके एक विशाल वटवृक्ष भै समाजलाई वर्तमानमा पनि छाया दिई रहेको छ । उहाँको मेहनत मौलिक चिन्तन , दृष्टिकोण र सामाजिक समस्याको गहन विश्लेषण र समाधानको अद्भुत शक्तिले गर्दा उहाँको व्यक्तित्व आफ्ना पारिवारिक व्यापारिक घेराभित्र न अटाएर सामाजिक, राष्ट्रिय बन्दै अब अनुस्मृतिहरुमा थिग्रिन्दै ईतिहास बनेको छ । राष्ट्रप्रती को अटूट अगाध प्रेमको ज्वारभाटाको वेग मुटुमा थामिन न सक्ने अनेक उदाहरण छन् तर उहाँले आफ्नो अन्तिम समय नजिक आएको अनुभूत गरेर नेपाल फर्किने जुन उत्कट चाहना देखाउनु भयो यो उहाँको मातृभूमी प्रतिको उत्कृष्ट मायाको सुस्पष्ट साक्षात उदाहरण हो ।

जीवनमा अनेकौ आरोह अवरोह पार गरिसक्नु भएका दाइ संग देहावसान भएको केही महिना अगाडि भएको फोन वार्तालापको एक सानो उदाहरणले कठिनाई का बेला मानिसको मजबुत मनोबलले उसलाई सरलतापूर्वक जीवन बाँच्ने प्रेरणा दिन्छ र समस्याको समाधान पनि अन्तोगत्वा भै नै हाल्छ भने कुरा देखाउँछ । उहाँले हेलिकप्टर सेवा का लागि वि सं २०५५ मा खडा गरेको दक्षिण एशियाकै निजि क्षेत्रको ठूलो कम्पनी श्री एयरलाइन्स का केही हेलिकप्टर उगाण्डामा रोकिएको समाचार अखबारमा छापिएको बारे मैले फोन गरी चिन्ता जाहेर गर्दा उहाँले समस्या त छ तर छिट्टै समाधान हुन्छ होला , चिन्ता नै गरेर के हुने हो भनी आंटिलो जवाफ दिनु भयो । जस्तो सुकै परिस्थितीमा पनि हार न मान्ने उहाँको व्यक्तित्वको विशेषता थियो । विभिन्न सामाजिक विषयमा उहाँले मलाइ सल्लाह सुझाव दिई राख्नु हुन्थ्यो । न डराइ न विराइ स्पष्ट तर शालीन भाषामा उहाँले आफूलाई चित्त न बुझेको कुरालाई समाज समक्ष प्रस्तुत्त गर्नु हुन्थ्यो ।
संस्कृतमा लेखिएको छ ूउद्योगिनं पुरुषसिंहमुपैति लक्ष्मीस्ू अर्थात उद्योगी व्यक्तिले लक्ष्मी आफ्नालागी मात्र होइन राष्ट्रका लागि पनि प्राप्त गर्छ । स्व।बनवारी दाइकोपनि यस भूमिकामा खरो उपस्थिती रहे भएको छ । नेपालका निर्माण व्यवसायीहरुलाई संगठित गरेर राष्ट्रमा विकास निर्माणका ठुलठूला योजनाहरुलाई सफलतापूर्वक सम्पन्न गरी उहांले देशलाई प्रगतिको बाटोमा अग्रसर गर्नु भएको गुण कहिल्यै बिर्सन सकिँदैन ।
नेपाल राष्ट्रिय मारवाडी परिषदले २०६७ मा आयोजना गरेको नेपाल राष्ट्रिय मारवाडी सम्मेलनको उहाँ ूसम्मान समिती ूको सदस्य भएको बेला उहाँले एकाबिहानैू तपाईंलाई हामीले नेपाली हिन्दी साहित्यका विभिन्न विद्याहरुमा पुर्याउनु भएको योगदानकालागी कदरस्वरूप ू विशेष सम्मानू गर्ने निर्णय गरेका छौं काठमाडौं आइ दिनु पर्यो भनी फोन गर्नु भएको उहाँका आत्मियतापूर्ण शब्दको सुसेली मेरो संस्मरणमा संधै रहिरहन्छ ।
उपयुक्त मौका पाउंदै समाजका युवाहरुलाई घचघच्याउने प्रोत्साहित गर्ने नजानेको कुरा सिकाइदिने अभिभावकत्व उहाँमा असीम थियो । उहाँ आफुले जिम्मा लिएको कामको वा भन्नू समाजमा आइपरेको समस्याको उत्खनन गरेर त्यसको मूलमा गयी समाधान गरि सिध्याउनु हुन्थ्यो।कतै सभा सम्मेलन गोष्ठीहरुमा पनि प्रस्तुत हुँदा आफ्नो विषयका बारेमा बिंदु देखु सिंधु सम्मको यात्रा श्रोतालाई गराई आफ्नो पक्ष राख्नु हुन्थ्यो । उहाँको असामयिक निधनले समाज र राष्ट्रले एउटा विश्लेषक, समालोचक, विचारक र तटस्थ चिन्तक गुमाएको पीडाबोध सबैमा छ । सादा जीवन उच्च विचारका धनी, कर्तव्यनिष्ठ, मिलनसार, मृदुभाषी, बनवारी दाइ जस्तो सर्वस्विकार्य भूमिका निभाउने व्यक्तित्वको आज ठूलो खाँचो छ ।
आज उहाँ हामीबीच हुनुहुन्न तर उहाँका सुकार्यहरुको सुवास जताततै छरिएको छ । जे भए पनि मृत्यु अवश्यम्भावी छ । श्रद्धेय बनवारी दाइको शरीर बागमतीको साक्षीमा शून्यमा विलायो । तर उहाँको सुनाम र कीर्ती संधै अमर रही रहने छ । म दाइको दिवंगत पूण्यात्माप्रती अत्यन्त विनम्रताका साथ हार्दिक सम्मान र श्रद्धाञ्जली समर्पित गर्दै आफ्नो लेखनीलाई विराम दिन्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!