सोमबार, आषाढ २२, २०७७ || 653  पटक पढिएको

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो । निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’ पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने,‘२४ घर भत्किएका छन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!