सोमबार, आषाढ २२, २०७७ || 585  पटक पढिएको

पछिल्लो परिस्थितिमा सरसर्ती हेर्दा माधव नेपाल, पुष्पकमल दाहाल, वामदेव गौतम र झलनाथ खनाल नतमस्तकको अवस्थामा देखिन थाल्नुभएको छ, पार्टीगत बहुमतको बलमा अध्यक्षलाई प्रधानमन्त्री पदबाट राजीनामाको निर्देशन दिऊँ त्यही निहुँमा टेकेर पार्टी फुट्ने डर, केही नगरौं पेलाई घाँटी घाँटीसम्म । त्यसैले जान सकिनेसम्मको अन्तिम विन्दूमा पुगेर जहाज आकाशमा होल्ड भै बसेको अवस्था छ । वहाँहरूसँग तहगत कमिटीहरूबाट आवश्यक निर्णय लिने र त्यसको कार्यान्वयन गराउने स्पेस मात्रै छ । त्यसैले त्यतातिरबाट थप निर्णय हुनसक्ने भयका कारण प्रधानमन्त्रीले आफूलाई सहज तुल्याउन विभिन्न उपाय अवलम्बन गर्न खोज्नुलाई विश्लेषकहरू स्वाभाविक ठान्छन् ।

यसबीच वामदेव गौतमको निवासमा विभिन्न मन्त्री,मुख्यमन्त्री र नेताले गरेको सामुहिक भेट,शीतल निवासमा बोलाएर दिइएको आश्वासन तिनै अभ्यासका केही उदाहरण हुन् । नेकपाको राजनीतिमा कहिँ कतै नदेखिएका व्यक्ति पनि अहिले राम्रै खेलाडी बनेर दौडिएका छन् । ह्वाइट हाउस कलेजका अध्यक्ष तथा ओम्नी समूहसँग सम्बद्ध युवराज शर्मा समेत गौतमलाई एम्बुस थाप्न कस्सिनुले पनि खेलमा को-को संलग्न छन् भनेर तत्काल आँकलन गर्न अर्को पक्षलाई गाह्रो भएको छ ।

उता,सुरेन्द्र पाण्डेको निवासमा अर्थमन्त्रीको अफर लिएर जानेहरूको समूह र हैसियतले पनि सरकारी खेल पारदर्शीे नरहेको स्पष्ट हुन्छ । अबको केही दिन यस्तै ‘अफर’ लिएर अधिकांश नेताको घर तथा निवासमा ‘द्यौसी भैलो’ खेली परिस्थितिलाई आफू अनुकूल बनाउन एक पक्ष कम्मर कसेर लाग्नेछ ।

उता, काँग्रेस विशेषगरी शेरबहादुर देउवासँगको राजनीतिक लेनदेनमा प्रधानमन्त्रीले आरजु राणाको राजनीतिक भविश्यलाई फराकिलो पार्न विभिन्न प्रयास गर्ने अनुमान गरिएको छ । महाधिवेशनको मुखैमा देउवा स्वयमले प्रधानमन्त्रीको तीव्र आकांक्षा नराखे पनि चुनावको बेला सत्ता साझेदारीको अपेक्षा राख्नसक्ने अनुमान छ । प्रधानमन्त्रीको काँग्रेससँग सम्झौता भएमा विगतमा माओवादी र काँग्रेसबीच भएको एक-एक वर्षको सत्ता साझेदारीलाई नै देउवाले अघि सार्ने सम्भावना पनि प्रकट हुनसक्छ ।

विकल्पको रूपमा प्रधानमन्त्रीले काँग्रेसपछि झिनो ढंगले जनता समाजवादीसँग पनि सम्भावित राजनीतिक जोड घटाउको गृहकार्य नथाल्नुहोला भन्न सकिन्न । बाहिर सम्बन्ध जे जस्तो भएपनि भित्री तवरले डा. बाबुराम भट्टराईसङ्ग सँवाद थालिएका केही संकेत देखिएका छन् । प्रधानमन्त्रीले आफूसङ्ग जोरी खोज्नेलाई देखाइदिन संसदमा स्पष्ट बहुमतको लागि विभिन्न उपाय खोज्नेमा कुनै दुईमत छैन । अहिले स्थायी समिति बैठक लम्ब्याइएको अवस्थालाई विभिन्न छलफल र प्रयासको लागि प्रशस्त समय खर्चिन सजिलो हुने ढंगले अथ्र्याइएको छ ।

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने आश्वासन दिएपछि पनि पार्टीबाट निर्णय गराउन महाभारत नै भएको थियो । त्यसैगरी उहाँलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने विषयलाई कार्यान्वयन नगरी अड्काइएको छ । यस्तो अवस्थामा उहाँलाई हालै गरिएको उधारो ‘अध्यक्ष’ र ‘प्रधानमन्त्री’ को अफरलाई तत्कालको गर्जो टार्ने थप सिरिज मान्नेहरुको कमि छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!