नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि बिगत केहि समय यता यस क्षेत्रमा क्रियासिल राजु थापाले आफ्नो कलाकारिता यात्रा “अजम्बरी माया” बोलको गीतबाट शुभारम्भ गरेका हुन् । उनले आफ्नो कलाकारिता यात्रा गायन विधाबाट गरेका थिए भने अहिले मोडलिंग विधामा पनि देखिन थालेका छन् । कलाकार राजु द्वारा अभिनित गीत सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको रहेको छ । कलाकार राजुको साथमा यस गीतको म्युजिक भिडियोमा बिमला गुरुङ्गको पनि निकै मन छुने अभिनय देख्न सकिन्छ ।

सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको गीतमा म्राट शहानी र नविना शहानीको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन् । कसैको सुन्दरताले मोहित बनाए पछी उ संग टाढा रहेर जिबन बिताउन निकै कष्टकर भएको भाव समाबेस गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन् । त्यसैले पनि राजुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनिन थालिएको छ । भिडियोलाई छायांकन राम के.सी ले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!