केही वर्षअघि नायिका जिया खानको मृत्युपछि विवादमा घेरिएका सुरज पंचोली एकपटक पुनः विवादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्महत्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न चाहँदैनथे ।

खबरमा बताइए अनुसार यसबारे सुशान्तलाई थाहा भएपछि उनले दिशालाई समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि बताइन्छ। पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको हत्या गरिदिएको र अब शक्तिको प्रयोग गरेर यसलाई आत्महत्याको रुप दिइएको आरोपमा उल्लेख छ । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्महत्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् वा कसैले उनलाई धक्का दिएको थियो भनेर प्रश्न सोधिँदै छ ।

यी सबै आरोपबारे सुरजले आफ्नो स्पष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हातपातको कुरा भइरहेको छ रु उनीसँग मेरो कुनै पनि विवाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन संलग्न हुने ? के उनीसँग अर्को काम छैन रु ’ ‘मलाई थाहा छैन कि दिशा को हुन् रु मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृत्युपछि मात्रै मलाई उनीबारे थाहा भएको हो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो बकवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भाइरल गर्न सुरु गरियो ।’

भाइजस्तै व्यवहार गर्थे सुशान्तः

सुरजले थपे, ‘हामी दुईबीच कहिले पनि केही दुश्मनी भएको थिएन । उनी मभन्दा सिनियर थिए र धेरै नै सफल पनि । म त उनको वरिपरि पनि थिइनँ । म नै उनको लिगमा थिएँ । मलाई उनको टाढाटाढासम्म पनि खतरा थिएन । उनले मलाई भाइजस्तो व्यवहार गर्दथे । हाम्रो जतिबेला भेट हुन्थ्यो तब हामी फिल्मबारे वा मेरो फिटनेस बारे कुरा हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!