आइतबार, आषाढ २१, २०७७ || 499  पटक पढिएको

पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।
एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडाँैमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।
रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गर्नुभयो । उहाँले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताउनुभयो । उहाँले १२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना स¥यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भन्नुभयो ।
डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताउनुभयो ।
काठमाडाँैमा हालसम्म कोरोना देखिएकामध्ये सबैभन्दा बढी व्यक्ति कुवेत, साउदी, कतार लगायतका मुलुकबाट आएका व्यक्ति रहेको जानकारी उहाँले दिनुभयो । काठमाडौँमा देखिएका सङ्क्रमितमध्ये १२ जनाको मात्र कोरोनाको स्रोेत पहिचान गर्न नसकिएको स्पष्ट गर्दै उहाँले ती स्थानमा स्वाब सङ्कलन गर्न थालिएको बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा गइसकेको दाबी गर्नुभयो । सरकारले कोरोनाविरुद्ध गरेका काम कोरोना नियन्त्रणभन्दा पनि कोरोना सार्ने खालको भएको भन्दै उहाँले यही तरिकाबाट कोरोनाको जोखिम नघट्ने दाबी गर्नुभयो ।
दैनिक सयौँ एम्बुलेन्स, गाडी थानकोट र साँगा नाकाबाट भित्रिरहेको भन्दै डा. मरासिनीले ती व्यक्तिबाट उपत्यकामा कोरोना भित्रिसकेको हुन सक्ने बताउनुुभयो । उपत्यका भित्रिने प्रमुख नाकामा प्रयोगशाला स्थापना गरेर बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
कोरिया, अस्ट्रेलिया लगायतका मुलुकको उदाहरण दिँदै उहाँले नेपालमा पनि ती देशको मोडल अनुसार कोरोना नियन्त्रण सम्भव हुने जानकारी दिनुभयो । सरकारले कोरोनाविरुद्ध चालेका कदमले भने कोरोना नियन्त्रण हुनै नसक्ने उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडाँै उपत्यकामा देखिएका कोरोना सङ्क्रमित विदेशबाट आएको बताउनुभयो । अहिलेको अवस्थामा काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने उहाँले बत(ाउनुभयो ।
यसैबीच काठमाडौंँको ढलको पानीमा समेत कोरोना भाइरस देखिएको अनुुसन्धानले देखाएको छ । ढलको पानीमा गरिएको अध्ययनले कोरोना भाइरस पुष्टि भएको देखाएको हो । सार्स–२ इन्भाइरोमेन्टल सर्भिलेन्सले दुई महिनादेखि काठमाडाँैंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ढलको पानीमा कोरोना रहेको अध्ययनले देखाएको पुष्टि गर्दै यसले काठमाडाँै उपत्यकामा समुदाय स्तरमा कोरोना भएको प्रमाणित गरेको
जानकारी दिनुुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा ढलको पानीमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले यो विषयमा अनुसन्धान नभएकाले ढलको पानी सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको स्पष्ट पार्नुुभयो । यो खबर आजको गोरखापत्रले छापेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!