‘कार्यकर्ता र जनताको भावना भनेको पार्टी एकता हो । जे जति त्याग गरियो ती सबै मैले गरेँ । तपाईंले के त्याग गर्नुभएको छ ?’ भन्दै प्रचण्डले शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा अर्का अध्यक्षलाई फेहरिस्त सुनाउनुभयो । जवाफमा प्रधानमन्त्रीले प्रचण्डको प्रस्तावलाई पूरै बेवास्ता गर्दै भन्नुभयो ‘अन्य च्याप्टर सबै बन्द भइसक्यो । अब प्रधानमन्त्री र अध्यक्षको कुरो रह्यो । पार्टी लगभग फुटेको अवस्थामा पुग्यो । बरु हामी सँगै जाने कि तपाईं माधव नेपालसँग जानुहुन्छ ?’ भनेर नयाँ प्रस्ताव सोझ्याउनु भएको स्रोतको दाबी छ ।

त्यसपछि प्रचण्डले प्रधानमन्त्रीलाई थप कन्भिन्स गराउने मुडमा भन्नुभयो ‘अहिलेको अवसर ठूलो त्याग,बलिदान र कार्यकर्ताको भावनासँग जोडिएको छ । त्यसैको जगमा मैले पार्टी एकता गरेको हुँ । चाहेको भए पार्टी एकतापछि पनि म नै तपाईंभन्दा पहिले प्रधानमन्त्री हुन सक्थेँ । तर,मैले त्याग गरेर तपाईंलाई प्रधानमन्त्री बनाएको हो । यस्तो अवस्थामा तपाईंले पार्टी एकताको मर्म र भावनाविपरित दायाँ बायाँ गर्न पाउनुहुन्न ।’

प्रचण्डको भावुक प्रस्तुती सुनेपछि प्रधानमन्त्रीले थप्नुभयो ‘त्यसो हो भने अब नयाँ सहमति गर्न सकिएला तर, पार्टी अध्यक्ष र प्रधानमन्त्री छाड्नेमा होइन । भोलि एकपटक यसो प्रयास गरौं न त ।’ प्रधानमन्त्रीले आज औपचारिकताको लागि मात्र भेट राख्नु भएको स्रोतको दाबी छ । हिजो औपचारिक छलफलपछि अध्यक्षद्वयबीच पार्टी एकता कायम राख्नको लागि आज बिहान अन्तिम पटक पहल गर्ने, छलफल सकारात्मक ढंगले अघि बढेमा मात्र दिउँसो सचिवालयको बैठक बोलाउने र जारी स्थायी समितिको बैठक स्थगित गर्ने चर्चा भएको थियो । यसबीच स्थायी समितिको बैठक सोमबारसम्मको लागि स्थगित गरिएको छ ।

नेकपानिकट विद्यार्थी संगठनको भेला र जुलुसलाई लिएर प्रधानमन्त्रीले भन्नुभयो ‘यस्तो काम तपाईंबाट भएको छ,मैले पनि गराइरहेको छु । साथीहरुले प्रदर्शन गर्छन्,गर्न दिनुपर्छ । मैलै प्रदर्शन गर्नुस् भनेको छैन । यो त मैले पछिल्लो अवस्थाको बारेमा तपाईंलाई जानकारी गराएको मात्र हुँ ।”

अघिल्लो साता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग गर्नुभएको सामुहिक भेटमा पार्टी एकताको विषयमा गहन छलफल भएको बताइएको छ । छलफलमा बाहिर आएको समाचारभन्दा फरक ढंगले सरकारले भारतीय राजदूतसँगको निकटतालाई बढाएकोमा अर्को समूह थप सशंकित देखिन्छ । सरकार पक्षले भारतीय राजदूतसँग नेपाली काँग्रेसलाई आफ्नो पक्षमा सहयोग गर्न आवश्यक संयोजन र पहलको लागि अनुरोध गर्दै दुई देशबीच उत्पन्न पछिल्लो परिस्थितिलाई सहज अवस्थामा ल्याउन आफूले सबै पहल गर्ने वचन दिएको बुझिएको छ ।

त्यसैको प्रभावस्वरुप गत बुधबार बेलुकी शेरबहादुर देउवा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आफूलाई ‘सँगै सरकार बनाउने र एमसीसीसमेत पास गरेर अघि बढ्ने कुरोमा जोड दिनुभएको’ देउवाले आफू निकटका नेताहरुलाई बताएको र जवाफमा आफूले पनि ‘हुन्छ’ भनेको जानकारी गराएका थिए ।

पार्टीभित्रको अन्तरबिरोध बढ्न थालेपछि प्रधानमन्त्री निकट समूहले नेकपाभित्रका नेता तथा कार्यकर्तालाई दुईवटा क्याटेगोरीमा हेर्न थालेका थिए । कतिपय नेता तथा कार्यकर्ताको बुझाईमा सरकार निकटहरुले पार्टीका नेता तथा कार्यकर्तालाई ‘सेवक र विपक्षी’ गरी दुईवटा समूहमा राखेर हेर्ने गरेको अर्थ लगाएका छन् । केहीदिन अघि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेकपाभित्रका कसैलाई पनि सरकार नजिकका नेताले ‘कमरेड’ देख्न छाडेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!