खबर ठुलो छ

पार्टीमा देखा परेको संकट समाधानबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आन्तरिक छलफललाई जारी राखेका छन् । त्यसक्रममा उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठनका कार्यकर्ताहरुसँग बालुवाटारमा छलफल गरेका छन् ।

बिहीबार राति ओलीले युवासंघ नेपाल र अखिलका अध्यक्षलगायतका केही युवा विद्यार्थी नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा सांसद महेश बस्नेतदेखि रमेशकुमार पौडेल तथा अखिलका ऐनसिंह महरसमेत सहभागी थिए । त्यसक्रममा ओलीले अहिले पार्टी तथा सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले आफ्नो पक्षमा अभियान चलाउन निर्देशनसमेत दिएका थिए । त्यस्तै सामाजिक सञ्जालहरुमा समेत आफ्नो आलोचनाको प्रतिवाद गर्न आफू निकटकाहरुलाई ओलीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।

ओलीसँगको बिहीबार भएको भेटबारे अखिलका संयोजक ऐनसिंह महरले पुष्टि गरे । तर त्यस्तो निर्देशन केही नभएको उनको दावी छ । भेटमा आफुहरुले प्रधानमन्त्रीलाई पार्टी मिलाएर लैजान सुझाव दिएको महरले रातोपाटीलाई बताए ।

‘पार्टी मिलाएर लानुस्,दह्रो खुट्टा टेक्नुहोस् । नेताहरुलाई सम्झाउनुपर्छ भने सम्झाउनुस् भनेर सुझाव दियौँ,’ महरले युवा विद्यार्थीका तर्फबाट दिएको सुझावबारे बताए । युवा विधार्थीको कुरा सुनेर ओलीले सुझाव ठीक भएको भन्दै आफु पनि त्यसैमा लागि रहेको बताएका थिए ।

शुक्रबार, आषाढ १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया