बिहिबार, आषाढ १८, २०७७ || 916  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा नगई अचानक राष्ट्रपति निवास शितलनिवास पसेका छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा माग भइरहँदा ओलीको शितलनिवास प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।

पछिल्लो समय पार्टीभित्र घेराबन्दीमा परेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिनहुँ परामर्श गरिरहेका छन् । उनले राष्ट्रपतिमार्फत् संकटकाल लगाउन चाहेको चर्चा नचलेको होइन । सत्ता छाड्न अस्वीकार गरिरहेका ओलीले कठोर कदम चाल्दै संकटकाल घोषणामा देशलाई पुर्याउने रणनीति तयार गरेका थिए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउने चर्चा पनि चलेको छ । उनले पार्टीभित्र अल्पमतमा परेकाले दुर्घटनाबाट नेकपा र देशलाई जोगाउन त्याग देखाउनुपर्ने सुझाव केही निकटस्थले दिएका छन् । यसबारे पनि चर्चा चलेको छ ।

अहिले स्थायी कमिटी बैठकमा उनको प्रतिक्षा भइरहेको छ । विरोधी समुहले ओलीले राजीनामा बुझाउने र कठोर कदम चाल्नुनपर्ने हुने भन्दै आशा गरिरहेका छन् । त्यसो नभए कडा निर्णयको तयारी भएको छ । जसमा उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने नेकपाका एक प्रभावशाली नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!