बिहिबार, आषाढ १८, २०७७ || 635  पटक पढिएको

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए । गौतम आफ्नो माइतीमा बस्दै आएकी थ्यिन् । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!