गोरखा नगरपालिका– ११ स्थित पन्ध्र किलो घुम्तीमा टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ जना सैनिक घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ करिव ५ः ३० बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो।

दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ। घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख मित्रलाल ढकालले रातोपाटीलाई बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!