हिपमत डटकम
काठमाडौं ,पौष २१ गते

मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्ड तर्फको शिर्ष उपाधि र ताज जितेकी छिन् ।नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् ।उपाधि जितेपछि शनिबार बेलुका ब्युटी न्युज नेपालसँग कुरा गर्दै शिलास्माले भनिन्,‘आज बेलुमा मलेशियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।’अब उनी नेपाल फर्कने छिन् । त्यसपछि सबैसँग खुसी साट्ने उनले बताएकी छिन् ।केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकीछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!