सोमबार, आषाढ १५, २०७७ || 658  पटक पढिएको

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाईं नसकिएको भन्दै नथाकेरै लड्न निर्देशन दिनुभएको छ । उहाँको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाईंको मैदानमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राख्नुभयो । उहाँले भारतबाट कर्णाली भित्रिने नागरिकको चाप घट्दो क्रममा रहेको जनाउँदै अब समुदायस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । “कोरोना अति प्रभाव देखिएका सुर्खेत, दैलेख र सल्यान जिल्लाका समुदायस्तरमा पनि यसको सङ्क्रमण पुगेको हुनसक्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले परीक्षणमा जोड दिन्छ ।” ती जिल्लाको लकडाउनलाई अझै पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले मापदण्डलाई कडाइपूर्वक कार्यान्वयन गर्न सुरक्षा प्रमुखलाई निर्देशन गर्नुभयो । उहाँले भन्नुभयो, “परीक्षणमा निकै ढिलासुस्ती भएको यो कार्यलाई तीव्र बनाइनेछ । परीक्षणका लागि नमूना सङ्कलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेका कारण देखाएर पन्छिन मिल्ने अवस्था छैन ।” प्रदेश अस्पतालमा रहेको पिसिआर मेसिन मर्मतको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले बिग्रेको मेसिन हेरेर बस्ने नभई त्यसको विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो । भारतबाट आउनेको सङ्ख्या घट्दै गएकाले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने र क्वारेन्टिनलाई अब जिल्लास्तरमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । बैठकले जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो पारेर क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका सामुदायिक तथा सरकारी विद्यालय र सार्वजनिक संस्थाका भवन खाली गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!