सोमबार, आषाढ १५, २०७७ || 690  पटक पढिएको

मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को वडासम्म्को सम्पर्क विच्छेद भएको, सडक जीर्ण तथा हिलाम्य रहेकोले यस्तो अवस्था आएको ठोरी गाउँपालिकाका वीरबहादुर श्रेष्ठले राससलाई बताउनुभयो । सडक डिभिजन कार्यालय तथा ठेकेदारको लापरवाहीले वर्षा याममा ती सडकमा माटो खसालेपछि बिग्रेका कच्ची सडकमा साना सवारीसाधन जान नसकेकोले वडा वडाबीच सम्पर्क विच्छेद भएको छ । पर्साकै छिपहरमाई गाउँपालिका, धोविनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जिराभावानीलगायतका गाउँपालिकामा सडक बिग्रेकाले स्थानीयवासी एक वडाबाट अर्को वडासम्म जान सक्ने अवस्था नरहेको स्थानीय किसान विजय पण्डितको गुनासो छ । सदरमुकाम वीरगञ्जलाई पर्साको ग्रामीण क्षेत्रसम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको जनता सडक पनि जीर्ण तथा हिलाम्य भएपछि पटेर्वासुगौलीको सुगौली देउकी तथा धर्मपुर गाउँको पनि अवस्था यस्तै रहेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!