भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । राजस्थान प्रहरीमा रामदेवविरुद्ध यही शनिबार मुद्दा दर्ता भएको उच्च अधिकारीले जानकारी दिएका छन् । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ । हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो । योगगुरु रामदेवविरुद्ध अन्य विभिन्न प्रहरी कार्यालयमा ठगी लगायत विभिन्न प्रकृतिका मुद्दा दायर भएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!