२०७७ साल आषाढशुक्लपक्ष असार १५ गते सोमवार नवमी तिथि हस्ता नक्षत्र चन्द्रमा कन्या राशिमा ६ वजे पछि तुला रशिमा ।

मेष : साझेदारी काम बाट राम्रो उपलव्धी हुनेछ तथा नयाँ कामको अवसर प्राप्त हुन सक्छ । दाम्पत्यजीवनको पूर्ण सुख आनन्न प्राप्त हुनेछ, व्यवसायवाट लाभ प्राप्त हुने देखिन्छ ।

वृषः शत्रु वूद्धि हुनुका साथै गरेको काममा समस्या देखा पर्ने छ । स्वास्थ्यमा पनि सामान्य समस्या हुनेछ । सामान्य कोसिसमा पनि ऋण बाट छुटकारा भने पाउन सकिन्छ ।

मिथुनः सन्तान सुख पाउने योग छ । तपाइको वुद्धिको प्रसंशा राम्रो हुनेछ । तथा नयाँ काम पाउनुका साथै गरेको काममा सफलता हातपर्ने छ । पैसा सापटी दिन बाट भने जोगिनु होला ।

कर्कटः घर परिवारमा कुरा नमिल्ने कारणले गदौ मन दुःखीत हुनेछ । आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । अचल सम्पत्तीको भने सुख प्राप्त गर्नु हुनेछ ।

सिंह : पराक्रम बढ्नुका साथै गरेको काममा ठूलो सफलता हात पर्नेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा लगानि गरेको ठाउँबाट उच्च सफलता हात पार्नु हुनेछ ।

कन्याः बोलीमा संयम्ता अपनाउनु होला अन्यथा झ-गडा पर्नुका साथै काममा ठूलो घाटा लाग्न सक्छ । धन आगमन भने हुनेछ तथा कुटुम्वसँगको सम्वन्ध राम्रो भएर जानेछ ।

तुला : आफ्नो छाप अरुप्रति छोड्न सकिने छ तथा व्यक्तिवको प्रभाव वढ्ने छ । मानसम्मानमा वृद्धि हुनेछ । तथा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । व्यवसायमा प्रगतिको समय छ ।

वृश्चिक : काम गर्नु पूर्व धेरै विचार गर्नुहोला अन्यथा तपाई फस्न सक्नुहुनेछ । अपजस पाउने समय छ तथा गरको काममा असफलता हात पर्ने छ संयम्ता अपनाउनु होला ।

धनुः व्यापार व्यवसाय बाट धेरै ठूलो सफलता हात पर्नुका साथै फसेको पैसा प्राप्तहुनेछ । पाटनरमा गरेको काम बाट ठूलो सफलता प्राप्त हुने देखिन्छ । नँया काममा बाधा हुनेछ गोप्य राख्नुहोला ।

मकर : नयाँ रोजगार पाउने समय का साथै नयाँ व्यपार व्यवसाय सुरु गर्ने समय देखिन्छ । धनमा भने अरुलाइ विश्वास नगर्नुहोला अन्यथा फस्न सकिन्छ । कृषि क्षेत्रवाट लाभ मिल्नेछ ।

कुम्भ : भाग्यमानी हुने समय छ । भाग्यमा रोकिएको धन प्राप्त हुनेछ । पिताजीसँगको सम्वन्ध राम्रो भएर जानुका साथै रोकिएको धन तपाइको हात लाग्नेछ । रिसाएका व्यत्ति तपाइको पक्षमा आउने छन् ।

मीन : चोट पटकको सम्भावना छ जोगिनुहोला । स्वास्थ्यमा भने सामान्य समस्या भएर जानेछ । आउदै गरेको धन शत्रुको कारण समस्यामा पर्ने छ । अरु क्षेत्रमा भने लाभको समय छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!