आइतबार, आषाढ १४, २०७७ || 656  पटक पढिएको

शिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभरटोलमा मध्यराति भएको सवारी दुर्घटनामा बुटवलका एक पत्रकारको मृत्यु भएको छ । आफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का बुटवल संवाददाता कृष्णबाबु पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राति नै अस्पतालमा मृत्यु भएको हो । कार सडक किनारको फलामे बारमा ठोक्कीदा दुर्घटना भएको हो । पोष्टमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आबद्ध पाण्डेले दर्जनौँ म्युजिक भिडियोहरुमा पनि खेलेका छन । उनी न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!