आइतबार, आषाढ १४, २०७७ || 830  पटक पढिएको

धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए। स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए। तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए । रातको समयमा मन्दिरमा पसेर चोरी गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!