शुक्रबार, आषाढ १२, २०७७ || 591  पटक पढिएको

प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् ।

मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला र एक जना पुरुष, झापाको दमक नगरपालिकामा एक जना महिला र दुई जना पुरुष र मेचीनगरमा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरीको कोसी गाउँपालिकामा ३ महिलासहित ८ जना र देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।

कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । शुक्रबार १६ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ । ती मध्ये ३७६ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!