हिपमत डटकम
बिराटनगर,पौष-२०

 प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुर्वाञ्चल विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकसित गर्न सबै पक्षले ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताउनुभएको छ ।शनिबार विराटनगर पुष्पलाल चौकस्थित पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयमा आयोजित विश्वविद्यालयको २६ औं बार्षिक उत्सव तथा रजत महोत्सवमा बोल्नुहुँदै उहाँको यस्तो भनाई आएको हो । उहाँले आगामी ५ बर्षका लागी प्रदेशमा चाहिने चिकित्सक, ईन्जिनियर, प्रशासक, शिक्षक र प्राध्यापकको मागको प्रक्षेपण तथा आङकलन गर्ने जिम्मेवारी पनि विश्वविद्यालयको रहेको धारणा व्यक्त गर्नुभएको छ ।त्यस्तै कार्यक्रममा बोल्नुहुँदै प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले विश्वविद्यालय नयाँ कुरा सिक्ने र अनुभव गर्ने ठाउँ भएकाले विस्मृतिमा परेका ईतिहासलाई स्मृतिमा ल्याउने बिषय तर्फ पनि सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।कार्यक्रममा भने ई.ए.पी टे«निङ लिएका २८ जना शिक्षक तथा कर्मचारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका आङ्गिग क्याम्पसमा अध्ययनरत विद्यार्थी छात्राहरुले नृत्य प्रर्दशनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!