हामी सबैले फोन त अवश्य पनि बोक्छौ होला । अहिलेको समयमा फोन आम मानिसको एक अभिन्न साधनको रुपमा प्रयोग हुँदै आएको छ । फोन भित्रका आफ्ना नीजि जिवनसंग जोडिएको कुरा अरुले हेर्ने नपाउँन भनेर हामीले फोनमा पासवर्डको प्रयोग पनि अवश्य गर्छौ होला । हामी मध्ये कतिपयले आफ्नो प्रेमी वा प्रेमिकालाई समेत फोनको पासवर्ड बताउनु पर्ने आवस्था पनि हुन सक्छ । यदि पासवर्ड साटाँसाट गर्न मान्नु भएन भने प्रेममा केहि तलमाथी रहेको आशंका समेत गरिनु अहिले कुनै नौलो कुरा भने अवश्य रहेन । तर, यहाँ भने आफ्नै श्रीमतीलाई फोनको पासवर्ड नदिदाँ एक जना पुरुषले ज्यान नै गुमाउनु परेको छ । घटना केहि समय पहिलेको हो । ईन्डोनेसियाका एक जोडी बिच फोनको पासवर्डकै कारण सम्बन्धमा मात्रै दरार आएन बरु श्रीमानले ज्यान नै गुमाउनु परेको छ । समाचारमा जनाइए अनुसार आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएको घटना सार्वजनिक छ । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए ।त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!