प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भनाभन भएको छ। अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा ओली र सापकोटाबीच भनाभन भएको हो। नेकपा भित्र पेचिलो बन्दै गएको एमसीसी मुद्दालाई लिएर ओली र सभामुखबीच टक्कर देखिएको हो।

असार १६ गतेभित्र संसद्बाट एमसिसी पारित गर्नैपर्ने दबाब सरकारलाई छ । तर, प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको इगोले यो पर पर हुँदै गएको छ ।

एमसिसीलाई लिएर पार्टी नै विभाजन हुने अवस्था आएपछि नेकपाले तत्कालका लागि यसलाई पन्छाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार भएको चार घन्टा लामो भेटवार्तापछि एमसिसी मुद्दा तत्कालका लागि पन्छिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई बोलाएर एमसिसी पास गर्नका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आएका थिए । तर, सभामुखले पार्टी अध्यक्ष प्रचण्डको सिग्नलपछि त्यति चासो देखाएका थिएनन् । एमसिसी पास गर्ने मिति नजिकिँदै गएपछि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई ‘एमसिसी रोक्न तपाईले सकेको तपाई गर्नुस्, मैले सकेको म गर्छु’ भनेर आक्रोशयुक्त सन्देश पठाएको नेकपा उच्च स्रोतले बतायो ।

अब असार १७ गते बस्ने संसद् बैठकमा एमसिसी पास गर्ने कि नगर्ने भन्ने विषयमा नेकपामा सहमतिका लागि प्रयास हुने छ । प्रचण्ड र नेपाल समूहले एमसिसीलाई ओलीलाई प्रधानमन्त्रीबाट हटाउने हतियार बनाएको छ । त्यसैले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न बाध्य हुने गरी प्रचण्ड र नेपाल समूह स्थायी कमिटी बैठकमा प्रस्तुत हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!