बुधबार, आषाढ १०, २०७७ || 1498  पटक पढिएको

कस्तो यो माया ?
हसाउँछ, रुवाउँछ, आफन्तसँग विछोड गराउँछ।
जीवनलाई मतलबी बनाउँछ।
वास्तविकलाई नरक बनाई,
काल्पनिकलाई स्वर्ग बनाउँछ।

भोक निद्रा तिर्खा भुलाउँछ।
बिना मतलबको सपना देखाउँछ,
जीवनलाई स्वार्थी र चर्चित बनाउँछ,
सानो खुशीका लागि समाजमा गिराउँछ।

एक जनाको साथ पाउँन
समाज र परिवार विरानो बनाउँछ,
एक जनाको मायाका लागि
नौँ महिनाको पीडा भुलाउँछ।

कर्तव्य, दायित्व सबै भुलाउँछ
कहिले नमेट्ने दाग लगाउँछ
आफ्ना दुई खुशीका लागि
दुई परिवारको चिता बनाउँछ।

माया पवित्र भए पनि
दुनियाँले त्यसको खिल्ली उडाउँछ।
माया गर्ने खुशी त हुन्छन्
तर आमाको कोख कलङ्कित पार्छन्।

मायाले जीवन जीवन्त तुल्याउँछ
जीवन सार्थक माधुर्य बनाउँछ,
यो सानो खुशीको साटो
आमाबुबाका मुस्कान हराउँछन्।

आरम्भमा माया गर्ने खुशी त हुन्छन्
मध्यममा जीवन कष्टकर बन्छन्,
घृणा तृष्कारको पात्र भएपछि
घृणीत गर्छन् आफ्नो कर्म देखी

कस्तो यो माया ?
आत्मालाई कठोर निष्ठुरी बनाउँछ
परिवारको खुशीको हत्यारा बनाई
जीवनलाई जिउँदो लास बनाउँछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!