कोरोना महामारीमा बिश्वभर डाक्टर अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो अमूल्य योग्दान दिइरहेका छन् । केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहारको अवस्थाले निकै चर्चा पायो । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना सं क्रमणको शि कार भएर ज्यान गुमाए । लामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ? पिपिईले कोरोनाको सं क्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन । सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो । उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो । जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।” उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान भन्दै सम्मान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!