स्वच्छ सुन्दर हाम्रो महानगर ,

कायाकल्प हुदै विराटनगर

शनिबार, पौष १९, २०७६ || 1146  पटक पढिएको

 

(हिपमत संवाददाता) विराटनगर १९,पुस ः विराटनगर हरेक दृष्टिले आधुनिक सहरतर्फ अग्रसर हुन थालेको छ । महानगरले नौवटा विकासका योजनालाई प्राथमिकतामा राख्दै काम अघि बढाएको छ । ती परियोजना पूरा हुनासाथ विराटनगर हरेक दृष्टिले आधुनिक सहरतर्फ अग्रसर हुने छ । तीमध्ये महानगरले विराटकालीन दरबार पुनर्निर्माणलाई विशेष महत्व दिएको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सहरी विकास तथा वातावरणीय परियोजनाअन्तर्गत सडक तथा ढल निर्माणको काम लगभग पूरा हुन लागेको हो । महानगरले दीर्घकालीन महत्व राख्ने योजनातर्फ ध्यान केन्द्रित गरेको हो । ‘‘महानगरले प्रोजेक्ट बैंकअन्तर्गत राखेका कतिपय परियोजनाको सम्भाव्यता अध्ययनसमेत पूरा गरिसकेको छ,’महानगर प्रमुख पराजुली भन्नुहुन्छ ‘केही वर्षभित्रै पूरा हुने यी विकासका पूर्वाधारले अहिलेको विराटनगरको कायाकल्प नै हुनेछ ।

 

 


महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार महानगरले नौवटा विकासका योजनालाई प्राथमिकतामा राख्दै काम अघि बढाएको छ । ती परियोजना पूरा हुनासाथ विराटनगर हरेक दृष्टिले आधुनिक सहरतर्फ अग्रसर हुने छ । महानगरले विराट राजाको दरबार पुनर्निर्माणलाई मुख्य प्राथामिकतामा राखेको छ । महानगरले राजवंशी चोक नजिकै कालिका कन्ट्रसन्ससँगको सम्झौतामा निर्माण गरेको छ । महानगर क्षेत्रमा टहलिन हाल वीरेन्द्र सभागृहसँगै पार्क निर्माण गरिएको छ । तर, यसले मात्र यहाँको मागलाई थेग्न सक्ने अवस्था छैन । महानगरस्तरीय पार्क निर्माणका लागि व्यवस्थित रूपमा वडा नम्बर ५ लाई छनोट गरिएको महानगरका प्रमुख भीम पराजुलीले बताएका छन् । त्यहाँ आधुनिक सुविधा र घुमफिरका लागि उपयुक्त वातावरणको पार्कनिर्माण गरिने छ । विराटनगरको दायाँबायाँ बग्ने केसलिया र सिंघिया खोलामा तटबन्ध निर्माण गरी ग्रिनबेल्टको महात्त्वाकांक्षी परियोजना पनि विराटनगरको एक प्रमुख विकाससँग सम्बन्धित काम हो । हाल दुवै नदी बर्खायाममा उर्लंदा बस्तीभित्र पस्ने जोखिम छ । २०७४ मा दुवै नदीको बाढीले बस्तीमा ठूलो क्षति गरेको थियो । नदी तटबन्ध गरी हरियाली ग्रिनबेल्ट निर्माण गर्ने योजना महानगरले बनाएको छ । यसपछि दुवै नदीको स्वरूपमा परिवर्तन आई त्यहाँ घुमफिरका लागि योग्य हुने महानगरका प्रमुख पराजुलीको भनाई छ । विराटनगरको पश्चिमपट्टिको भागबाट बग्ने नहरलाई समेत व्यवस्थित बनाउने महानगरले तयारी गरेको छ । यसलाई आफ्नो प्रभावकारी परियोजनाका रूपमा लिएको महानगरले नहरको दुवैतर्फ तटबन्ध गरी हिँडडुल गर्न र साँझबिहान टहलिन मिल्ने बनाउने तयारी गरिरहेको छ । यसका लागि सडक निर्माणदेखि बाँध बाध्ने काम हुने बताइएको छ । नहरमा समेत छठपर्व मनाउने गरिन्छ । अहिले मानिसहरूलाई व्यायाम गर्न तथा बिहान मर्निङ वाक गर्न सहरीक्षेत्रकै सडकको भर पर्नुपर्ने अवस्था छ ।

विराटनगर महानगरपालिकाले आदिवासी, जनजाति, दलित एकीकृत संग्रहालय निर्माण गरी यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना बनाएको छ । यसका लागि महानगरले वडा नम्बर १९ मा जग्गा प्राप्ति गर्नेलगायतको काम छिट्टै थालनी गर्ने तयारी गरेको छ । संग्रहालयमा यसक्षेत्रका आदिवासी, जनजाति तथा दलित समुदायको रहनसहन, वेशभूषा, संस्कृति र परम्परा झल्कने वस्तु संग्रहित हुनेछन् । विराटनगर र आसपासमा आदिवासी समुदायको बाहुल्य छ भने उनीहरूको पेसा, संस्कृति संस्कार उजागर गर्ने वस्तुको संरक्षण हुन सकेको छैन । महानगरले सीपविकास केन्द्र, विद्युतीय शवदाह गृह, एकीकृत सुकुम्बासी बस्ती निर्माणलाई समेत अघि बढाउने तयारी गरेको छ । एकीकृत सुकुम्बासी बस्ती निर्माणाधीन अवस्थामा छ ।

विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक ९घाँस चोक मा आकाशे पुल निर्माण हुने । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार रानी–इटहरी–धरान छ लेन सडक अन्तर्गत पर्ने चारवटा चोकमा अधिक भीडभाड हुने गरेको छ । सर्वसाधारणलाई सडक वारपार गर्न कठिनाइ भएको र आकाशे पुल नहुँदा जथाभावी बाटो काट्नुपर्ने अवस्था छ । चालु वर्षको बजेटमा आकाशे पुल निर्माणका लागि महानगरले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तीस मिटर चौडा सडकमा दुवै तर्फ गरी ५ मिटर फुटपाथ छोडेर २५ मिटर लम्बाइका आकाशे पुल निर्माण हुने छन् । त्यसको उचाई ६ मिटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!