मंगलबार, आषाढ ०९, २०७७ || 1189  पटक पढिएको

पछिल्लो समय स्वतन्त्र नेपालमा चिनियाँ गतिविधिहरु बढिरहेका छन् । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि सतहमा देखिने गरी चिनियाँ गतिविधि बढेको पाइन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन मञ्‍च नेपालका प्रमुख गौरव शमशेर थापाले चाइना पावरसँगको कुराकानीका क्रममा नेपाल-चीन सम्बन्ध पछिल्लो समय राजनीतिक, आर्थिक र सुरक्षाका दृष्टिकोणले हेर्न सकिने बताएका छन् ।

सन् १९५५ पछि नेपाल-चीन मैत्री सम्बन्ध कायम भएको र त्यससमय देखि आर्थिक गतिविधिमा जोड दिइएको भए पनि पछिल्लो समय रणनीतिक र सुरक्षाका दृष्टिकोणलाई बढी केन्द्रमा राखेको पाइएको उनले बताएका छन् ।

नेपालमा रहेका तिब्बतियन शरणार्थीहरुले चीन विरोधी गतिविधि गर्नसक्ने भएकोले त्यसलाई दबाउनका लागि चीनको मुख्य ध्यान त्यसतर्फ रहेको बताइएको छ ।

उनले भने, “नेपालले एक चीन नीतिलाई समर्थन गर्छ । चीन-नेपाल सम्बन्धलाई व्याख्या गर्ने यो एक मुख्य आधार हो । अर्को कुरा नेपाल भारत-चीनजस्ता दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकोले भू-राजनीतिक कारण पछिल्लो समय चीनले नेपालको आन्तरिक राजनीतिमा पनि चासो देखाएको पाइन्छ ।”

उनले सन् २००६ र २००८ पछि नेपालमा चिनियाँ प्रभाव बढेको उनले बताएका छन् । त्यसैगरी चीनले नेपालमाथि लगानी पनि बढाइरहेको र बीआरआईले नेपाल-चीनको आर्थिक सम्बन्धलाई बलियो बनाउने र नेपालको विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ ।

यसअघि नेपालमा विभिन्‍न अपराधिक गतिविधहरु पनि बढिरहेका छन् । अपराधिक गतिविधिमा सयौं चिनियाँहरु एकैसाथ पक्राउ परेका थिए । त्यसैगरी नेपाली मिडिया र राजनीतिमाथि नेपालका लागि चिनियाँ राजदूतले संलग्‍नता पनि बढाएको छ ।

स्रोत-रतोपाटि

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!