चार दशकयताकै सबैभन्दा ठूलो भिडन्त निम्तिएर चीनसँगको सम्बन्ध बिग्रिएका बेला भारतले रुसलाई मिसाईल डिफेन्स प्रणाली र फाइटर जेटको आपूर्ति तीव्र गर्न दबाब दिइरहेको छ । गलवान उपत्यकामा गत साता भिडन्तमा २० भारतीय सैनिक र चिनियाँ सैनिक (संख्या नखुलेको) मारिएपछि चीन र भारतका विदेश मन्त्रीहरुबीच वार्ता हुँदैछ, वार्ताअघि नै भारतले रुससमक्ष अत्याधुनिक हतियार आपूर्तिको माग राखेको हो ।

रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने त्रिपक्षीय भर्चुअल वार्ताको आयोजना गर्दैछन् । दुई ठूला देशबीच तनाव निम्तिएका बेला मध्यस्थताका लागि रुस महत्त्वपूर्ण रुपमा प्रस्तुत भएको हो ।

रक्षामन्त्री सिंह मस्कोमा

भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार राति नै तीन दिनको यात्राका लागि मस्को पुगेका थिए । उनी बुधबार हुने हुने ७५ औं भिक्ट्री डे परेडमा सहभागी हुनेछन्, जहाँ चीनका रक्षामन्त्री जनरल वेई फेंगे पनि उपस्थित हुनेछन् ।

जानकारहरुका अनुसार, रुसी रक्षामन्त्रीसँगको छलफल दुबै देशबीच रक्षा साझेदारी बढाउने, रुससँग हतियार लिने विषय र चीन– भारत द्वन्द्वबारे केन्द्रीत छ । त्यस्तै रुसमारुसी एस–४०० एन्टीक्राफ्ट मिसाइल डिफेन्स प्रणाली र रुसीमा बनेका सु ३० एमकेआई र एमआईजी २९ फाइटर जेटको खरिद सिंहको प्राथमिकतामा परेको जानकारहरु बताउँछन् । एस–४०० मिसाइल प्रणालीले भारतको एयर डिफेन्सलाई सशक्त बनाउनेछ भने अन्य अतिरिक्त फाइटर जहाजले एयरफोर्सको क्षमता अभिवृद्धी गर्नेछन् । गोप्य स्रोतका यसका लागि सैन्य दस्ताको ४२ स्वाड्रोन्स आवश्यकता पर्छ र अहिले भारतसँग ३२ स्वाड्रोन्स मात्रै छ ।

अमेरिकाले एस–४०० प्रणाली खरिद नगर्न भारतलाई चेतावनी दिइसकेको छ, खरिद कार्यले अमेरिका र नयाँ दिल्लीबीचको रक्षा सम्बन्धमा गम्भीर प्रभाव पार्नसक्ने उसले जनाएको छ । मस्कोमा वार्ता हुनअघि यस विषयमा टिप्पणी गर्न रक्षामन्त्रालयका प्रवक्ता ए भारत भुषण बाबुले अस्विकार गरे ।

बुधबार मस्कोमा हुने भिक्ट्री डे परेडमा भारतीय र चिनियाँ सेना दुबैले मार्च गर्दैछन् । चीन र भारत दुबैले दिप्सेङ मैदानमा सेना उतारेको समय अर्थात् सोमबार साँझ माथिल्लो तहमा सैन्य वार्ता भएको छ, द्वन्द्व नगर्ने वा झडप नगर्ने भन्ने विषयमा कुनै सहमति भने जुटेको छैन । स्रोत : दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!