मंगलबार, आषाढ ०९, २०७७ || 956  पटक पढिएको

पतन्जलीका बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका छन् ।

मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताए ।

उनकाअनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी थिए । उनले भने, ‘शतप्रतिशत विरामी ठीक भए, एक जनाको पनि मृत्यु भएन ।’

क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो ।

रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’

उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!