शुक्लाफाँटा नगरपालिकाकी पाँच बर्षिया बालिका तीन साताअघि बाबुआमासंगै भारतको दिल्लीबाट घर फर्किइन् ।

क्वारेन्टाईनमा रहेका उनीसहित बाबुआमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाईयो ।

पिसिआर रिर्पोटमा बाबुछोरीमा कोरोना देखियो । तर संगै भारतबाट आएकी आमालाई देखिएन् ।

आमाबाबुकै काखमा बसेर दिल्लीदेखि झण्डै चार सय किलोमिटर दुरीको यात्रा गरेकी ती बालिका अहिलेसम्म आमाबाबुसंगै बस्दै आएका छिन् ।

बाबु र छोरीलाई कोरोनाले छोयो, आमालाई छोएन् । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा बालिका उनका बाबुसहित आठ जनाका कोरोना पृष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालको रिर्पोट अनुसार शुक्लाफाँटा नगरका ५ जना, भीमदत्त नगरपालिकाक ७० बर्षिया बृद्ध, र पुर्नवास नगरपालिकाका दुई युवकमा कोरोना पृष्टी भएको छ ।

शुक्लाफाँटा नगरपालिकामा बाबुछोरीका कोरोना देखिएका उनीहरुसहित पाँचै जनालाई उपचारका लागि आईशोलेनमा राखिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले कोरोना देखिएका सबैको नगरपालिकाकै आईसोलेशनमा राखेर उपचार भइरहेको बताए ।

‘हामीले सबैलाई आइसोलेट गरिसकेका छौँ’ प्रवक्ता सिहले भने, ‘सबैको उपचार भईरहेको छ ।’

भीमदत्त नगरपालिकामा देखिएका बृद्धको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । पुनर्वासमा देखिएका दुई जनाको खोजि भईरहेको छ ।

कञ्चनपुरमा चैत्र दोस्रो साता र बैशाख अन्तिम साता एक महिला एक पुरुषमा कोरोना देखिएको थियो ।

१२ जेठदेखि भारतमा रहेका नेपालीका लागि प्रवेशका लागि नाका खुला गरेसंगै कञ्चनपुरमा समेत कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

कञ्चनपुरमा हालसम्म १ सय ७ जनाका कोरोना देखिएको छ । जसमध्ये ५५ जना कोरोना जितेर घर आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!