शनिबार, पौष १९, २०७६ || 1219  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष-१९

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले एम्बुलेन्स चालकहरुलाई १ दिने प्रशिक्षण प्रदान गरेको छ ।

शुक्रबार कार्यालयको सभाहलमा बढदो एम्बुलेन्स दुर्घट्ना न्युनीकरण गर्न उक्त प्रशिक्षण प्रदान गरिएको हो । प्रशिक्षणमा एम्बुलेन्स चालकहरुलाई एम्बुलेन्स चलाउँदा अपनाउनुपर्ने सुरक्षा संयमताको बारेमा बिशेष जानकारी दिईएको छ । त्यस्तै प्रशिक्षणमा चालकहरुलाई बिरामी बोकेर जाँदाको अवस्थामा अपनाउनुपर्ने सुरक्षा, पुरानो तथा अवस्था ठीक नभएको एम्बुलेन्स चलाउने तरिका, ५ बर्ष पुगेको सवारी चालक अनुमतिपत्र प्राप्त गरेकोले मात्र एम्बुलेन्स चलाउन पाउने नियम, बाटोमा बिरामीलाई दिईने प्राथमिक उपचार र सडक प्रयोग गर्दा पालना गर्नुपर्ने ट्राफिक नियम लगायतका बिषयहरुमा समेत प्रशिक्षण दिईएको छ । उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेश पोद्धारले प्रशिक्षण दिनुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष आनन्द विक र सचिव अशोक यादव लगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!