खबर ठुलो छ

पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चामा छ। तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको, छ। गोरखाको एउटा गाँउ ६० वर्षदेखि तिब्बतको अधिनमा छ।

उत्तरी गोरखाको रुई गाउँ सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको अधिनमा छ। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाँउमा कब्जा जमाएको हो। उक्त गाउँमा हाल ७२ घर छन्। यो गाँउ अहिले नेपालको नक्सामा समेत छैन।

images
रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। तर, गाँउ भने चीनको कब्जामा छ।

इतिहासकार रमेश ढुंगेलका अनुसार गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै हुन्। २०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको हो। सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ।

तिब्बततर्फ समेटिएपछि रुईका कतिपय बासिन्दाले कडा असहमति जनाएका थिए। उनीहरू भागेर सामागाउँ नजिकै आफ्नै बारी तथा गोठ रहेको साम्दो भन्ने ठाउँमा रातारात आएका थिए।

लापरबाहीकै कारण किमाथांकाका करिब ३ सय ५० घरधुरी पनि तिब्बततिर परेको, मुस्ताङमा पनि दुई दिनभरि पैदल हिँडेर नसकिने भूभाग तिब्बततिर परेको इतिहासकारहरुको भनाइ छ।

सोमबार, आषाढ ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया