निजी विद्यालयहरुले शुल्क उठाउन आन्तरिक सर्कुलर गर्दै अभिभावकलाई ताकेता गरेका छन् । शिक्षण संस्थामा पठनपाठन ठप्प रहेपनि प्याब्सन र एनप्याब्सनले संयुक्त अपिल जारी गरेर शुल्क बुझाउन आग्रह गरेका आजको समाचारपत्र, कान्तिपुर दैनिक, अन्नपुर्ण पोस्ट लगायत प्रमुख पत्रिकामा दिएको छ ।

निजी विद्यालयहरु आर्थिक संकटमा गुज्रेको कारण देखाउँदै गत शैक्षिक वर्षको बाँकी बक्यौता र शैक्षिकसत्र २०७७ को रकम बुझाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । लकडाउनका कारण शैक्षिकसत्र कहिलेबाट सुरु हुने अनिश्चित छ ।

स्रोतकाअनुसार प्याब्सन, एनप्याब्सनले शुल्क उठाउन देशभरका निजी विद्यालयलाई आन्तरिक सर्कुलर समेत गरिसकेका छन् । आइतबार प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सार्वजनिक अपिल गरेर शुल्क बुझाउन भनेका हुन् ।

विद्यालय सञ्चालन गर्न कठिन पर्दै गएको र सरकारले समेत कुनै सहयोग नगरेको अवस्थामा अभिभावकसँग गुहार मागेको हो । गुहार मागे पनि उनीहरुले चालू शैक्षिकसत्रको सबै शुल्क मागेका छैनन् ।

निजी विद्यालयको एक मात्र आर्थिक स्रोत विद्यार्थीबाट प्राप्त हुने शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुँदा बाँचौं र बचाऔंको मर्मलाई ख्याल गर्दै अभिभावकसँग सहयोग माग गरेका हो ।

शिक्षा मन्त्रालयले गत चैत महिनाको कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । असार अघिसम्म सञ्चालित अनलाइन कक्षाको पनि शुल्क लिन नपाइने मन्त्रालयले जनाएको थियो । असार १ गतेदेखि शिक्षा मन्त्रालयले देशभर बैकल्पिक विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गरेपछि निजी विद्यालय सञ्चालकहरु शुल्क उठाउन कसिएका हुन् ।

विगतमा शैक्षिकसत्रको सुरुमा भर्ना लगायत विभिन्न शिर्षकमा निजी विद्यालयहरुले लाखौं रुपैंया उठाउने गर्थे । यसपटक अघिल्लो शैक्षिकसत्रको अन्त्य देखि नै लकडाउनले शैक्षिक गतिविधि पनि प्रभावित हुँदा सञ्चालकहरुले कुनै पनि शुल्क उठाउन पाएका छैनन् ।

विद्यार्थी संघसंगठनले भने पठनपाठन नै नभएको समयको शुल्क नबुझाउन विद्यार्थी अभिभावकलाई अपिल गरेका छन् । नेपाल विद्यार्थी संघले गत साता शिक्षण संस्था बन्द रहेको अवधीको शुल्क छुट दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गरेका थियो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले महामारीका बेला पनि निजी विद्यालय सञ्चालकहरुले अभिभावकलाई लुट्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!