गृहमन्त्री रामबहादुर थापा (बादल)ले अंगीकृत नागरिकता राष्ट्रको सुरक्षासँग जोडिएको बताउनुभएको छ । सोमबार (आज) राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको बताउनुभएको हो ।

उहाँले अंगीकृत नागरिकता राष्ट्रको प्रगति र अस्तित्वसँग जोडिएको बताउनुभएको हो । यसको समाधान गर्दा राष्ट्रिय एकता सुढृड होस् भन्ने तरिकाले कुरा गर्नुपर्ने उहाँको भनाइ थियो । विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने भन्ने प्रस्तावले राष्ट्रिय एकता खल्बल्याउने हो कि ! भन्ने र राष्ट्रवाद र राष्ट्रघातको प्रश्न उठेको उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले नागरिकता विधेयक ढिला गर्न नहुने र संघीय संसद्को चालू अधिवेशनबाट पारित गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको पनि जानकारी गराउनुभयो । साथमा उहाँले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई समितिले अगाडि बढाएर संसद्मा पठाउन पनि आग्रह गर्नुभएको छ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने कि अहिलेको व्यवस्था कायम गर्ने ? भन्नेमा सत्तारुढ र प्रतिपक्षी दलहरूबीच मतभेद रहेको छ ।

यता सत्तारुढ नेकपाले ७ वर्षको प्रावधान राख्नुपर्छ भनेको छ । तर, प्रतिपक्षी कांग्रेस, राजपा र समाजवादीले अहिलेको व्यवस्था कायम राख्नुपर्ने अडान राखेका छन् ।
सरकारले ल्याएको विधेयकमा भने विदेशी बुहारीलाई ६ महिनापछि नागरिकता दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!