आइतबार, आषाढ ०७, २०७७ || 674  पटक पढिएको

भारतको पश्चिम बंगाल सरकारले प्रवेश नदिँदा नेपालबाट कृषिउपज बोकेर गएका मालबाहक ट्रक तीन दिनदेखि मेची पुलमा अलपत्र परेका छन् । गत चैतमा पनि एक महिना आयात प्रतिबन्ध लगाएको पश्चिम बंगालले वैशाख अन्तिमबाट एकतर्फी खोलेको थियो । त्यतिवेलादेखि नेपालतर्फ सामान निर्यात मात्र गर्न दिएको पश्चिम बंगालले आयात भने गर्न दिएको छैन । पश्चिम बंगालका प्रहरीले माथिको आदेश भन्दै नेपालबाट गएका सवारीलाई प्रवेश दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार १५ दिनअघि जाँच पास सकेर २५ वटा ट्रक भन्सारको यार्डमा राखिएका थिए । व्यवसायीको आग्रहपछि बिहीबार भारत पठाउने तयारी गरिएको थियो । तर, पश्चिम बंगाल सरकारले प्रवेश नदिएपछि मेची पुलमा नेपालतर्फको भागमा राखिएको छ । बंगलादेश जाने एक ट्रक अम्रिसो र दिल्ली जाने दुई ट्रक अलैँचीलाई भने प्रवेश दिएको विश्वकर्माले बताए ।

‘रानीगन्ज भन्सारसँग बुझ्दा केही समस्या छैन । हामी भन्सार गरेर पठाउँछौँ भन्छ । कोलकातामा रहेको नेपाली महावाणिज्य दूत र दिल्लीमा रहेको नेपाली दूतावासले पनि पश्चिम बंगाल सरकारलाई पत्र लेखेको छ,’ भन्सार प्रमुख विश्वकर्माले भने, ‘तर, पश्चिम बंगाल सरकारले बेवास्ता गरिरहेको छ । हामी अझै पनि प्रयासरत छौँ  । चाँडै नै खुल्छ भने अपेक्षा गर्न सकिन्छ ।’ भन्सार प्रमुख विश्वकर्माका अनुसार १४ ट्रक चिया, १० ट्रक अलैँची र एक ट्रक अम्रिसोले जाँच पास लिएका थिए ।

लकडाउनपछि पहिलोपटक बंगलादेश पुग्यो नेपाली उत्पादन
पश्चिम बंगाल सरकारले पठाएको एक ट्रक अम्रिसो बंगलादेश पठाउन अनुमति दिएसँगै तीन महिनापछि नेपाली उत्पादन बंगलादेशमा निर्यात भएको छ । लकडाउनपछि बंगलादेशसँग आयात र निर्यात हुन पाएको थिएन ।

तर, अब निरन्तरता पाउँछ कि पाउँदैन भन्ने अझै अन्योल रहेको विश्वकर्माले बताए । ‘बंगलादेश गएको ट्रक सामान लिएर फर्किन पाउँछ कि पाउँदैन, यसले निर्धारण गर्छ,’ उनले भने  ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!