शनिबार, पौष १९, २०७६ || 1856  पटक पढिएको

हिमपत डटकम
विराटनगर,पौष-१९

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले प्रदेश नं. १ मा रहेका सबै वितरण केन्द्र तथा प्रादेशिक कार्यालयहरुमा आउने उपभोक्तालाई सहजै सेवा प्रदान गर्न र स्वच्छ तथा सफा विद्युत प्राधिकरणको निमार्ण गर्न राष्ट्रिय अभियान २०७६ को थालनी गरेको छ । युनियनले आज विराटनगरस्थित नेपाल विद्युत प्राधिकरणको प्रदेश नं. १ कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त अभियानको थालनी गरेको हो ।

निजी क्षेत्रका कार्यालयहरु जस्तै सरकारी कार्यालयहरुलाई पनि फोहोरमुक्त र सफा सुग्घर बनाउन तथा सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र जनउत्तरदायी बनाउँदै नयाँ आयामको विकास गर्ने उद्देश्यले प्रदेश नं. १ मा “सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण” राष्ट्रिय अभियान २०७६ को सुरुवात गरिएको छ । विगतको कहालीलाग्दो लोडसेडिङको अँध्यारो खाडलबाट जुरुक्कै उठेर उज्यालो तर्पm लम्किरहेको विद्युत प्राधिकरणको गतिलाई कायम राख्दै विद्युतीय सेवाको पहुँच, गुणस्तर र निरन्तरतालाई अग्रगामी दिशा तर्पm डोर्याउन उक्त अभियानको थालनी गरिएको बताईएको छ । आज प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरस्थित विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय परिसरमा वृक्षारोपण गरेर उक्त अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानलाई आधार मानेर प्राधिकरणका कर्मचारीहरुले पनि कार्यालय परिसरमा सरसफाई गरेका थिए । मेची, कोशी र सगरमाथाको १४ वटा जिल्लामा अवस्थित २४ वटा वितरण केन्द्रहरुमा विद्यमान समस्याहरुलाई न्युनीकरण गर्न तथा विद्युत प्राधिकरण भित्रको भौतिक र मानवीय वातावरणलाई स्वच्छ र सफा बनाउन यस अभियानले सकारात्मक भुमिका निर्वाह गर्ने कर्मचारी युनियनले विश्वास लिएको छ । कर्मचारी युनियनले नेपाल विद्युत प्राधिकरण प्रदेश नं. १ का लागी नेपाल सरकारले आर्थिक बर्ष २०७६÷७७ मा लागी पुँजीगत तर्पm ९१ करोड ७३ लाख ९ हजार र सञ्चालन तथा मर्मत तर्पm १ अर्ब ५ करोड ८० लाख २६ हजार रुँपैया बजेट विनियोजन गरेको जानकारी दिएको छ । त्यस्तै नेपाल सरकारले उज्यालो नेपाल कार्यक्रमका लागी पनि विद्युत प्राधिकरणलाई ८ करोड ८० बराबरको बजेट छुट्याएको र प्रदेश नं. १ मा कुल १ वटा हाईड्रो पावर प्लान्टहरु सञ्चालनमा ल्याएको जानकारी गराएको छ । कार्यक्रममा बोल्नुहुँदै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन केन्द्रिय समितिका संयोजक रामेश्वर प्रसाद पौडेलले विभिन्न वितरण केन्द्रहरुमा अभैm पनि गुणस्तरयुक्त सामानहरुको खरिद गर्ने परिपाटीको विकास नभएको गुनासो गर्नुभयो । उहाँले यस्ता समस्याहरुलाई न्युनीकरण गर्न र उक्त अभियानलाई सार्थकता प्रदान गर्न कर्मचारी युनियनले व्यक्त गरेको १९ बुँदे प्रतिबद्धता पत्रमा कार्यालयका कामकाजहरु सहज र ग्राहकमैत्री बनाउन एकद्धार प्रणाली लागु गर्ने, आवश्यक सुचना तथा जानकारीका लागी मोबाईल एप्लिकेशनको व्यवस्था गर्ने र अनलाईन मार्पmत भुक्तानीको व्यवस्था गर्ने लगायतका बुँदाहरु समेटिएको जानकारी दिनुभयो ।

प्रदेश नं. १ मा कुल १० लाख ७० हजार ५ सय १९ घर परिवारहरुले विद्युतीय सेवा लिईरहेका छन । जसमा ४ हजार ८ सय २१ वटा ट्रान्सफर्मरहरुबाट विद्युत प्रवाह हुन्छ । यति हुँदाहुँदै पनि विभिन्न बिशेष गरी सेवाग्राही तथा उद्योगपतिहरु मारमा परेकै हुन्छन । सम्बन्धित बिषयमा बोल्नुहुँदै उद्योग संगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले अहिले पनि राष्ट्रिय गौरवका आयोजनाहरुमा ग्लोबल टेण्डरवालाहरुलाई ब्ल्याकमेल गर्ने, मिलेमत्तो गर्ने र समायोजन गर्ने प्रवृत्तिले ठुल्ठुला ध्वस्त हुने अवस्थामा आईपुगेकोे गुनासो गर्नुभयो ।

नेपालको सन्दर्भमा अहिले पनि १ जना उपभोक्ताले विद्युत महशुल भुक्तानी गर्न औसतमा ३ घण्टा २५ मिनेट खर्च गर्नुपर्ने बाध्यता छ । कर्मचारीहरुको ढिलासुस्ती र गैर जिम्मेवारी पुर्ण हर्कतले उपभोक्त जहिल्यै पिडित नै हुन्छन । यस्ता जटिल समस्याहरुलाई समाधान गर्न र मुलुकलाई एउटा सही दिशा निर्देश गर्नमा मद्दत पुर्याउन यो अभियानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले आजका जनताले पारदर्शीता र जवाफदेहितासहितको सुशासन खोजेको जानकारी दिनुभयो ।

नेपालमा लोडसेडिङको समस्या न्युनीकरण भएपनि अचानक विद्युत झ्याप्प गईदिने र गएपछि १०० मिनेटको हाराहारीमा मात्र आउने समस्या अभैm पनि छ । तसर्थ विद्युत प्राधिकरणले टे«ड युनियनसँगको तालमेलमा अगाडि बढन सके विद्युतको क्षेत्रमा आमुल परिवर्तन असम्भव देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!