शनिबार, आषाढ ०६, २०७७ || 1445  पटक पढिएको

विगत १६ बर्ष देखि संचालमा रहेको यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत संचालित लर्ड बुद्ध स्कुल÷कलेजको अध्यक्ष नितिन चन्द्र गजुरेलले एक विशेष समारोहका बीच प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमेरेको प्रमूख आतिथ्यमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टलाई , संचालक समितिको जिम्मेवारीको अध्यक्षतामा नयाँ समिति गठन हुने गरी हस्तानतरण गर्नुभयो । हस्तान्तरण पस्चात कार्यकारि निर्देशक अनिषा विष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराई सहितको तिन सदस्यी संचालक समिति गठन गरियो ।
कलेजका निवर्तमान अध्यक्ष नितिन गजुरेलले कलेजको सम्पुर्ण स्वामित्व तथा व्यवसायिक व्यवस्थापन सबल व्यवस्थापकिय क्षमता रहेको डा. विष्टको टिमलाई हस्तान्तराण गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभयो । स्वामित्व ग्रहण पछि डा. विष्टले प्रदेश १ कै शिक्षा क्षेत्रमा स्थापित लर्ड बुद्ध कलेजको स्वामित्वले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा योगदान पु¥याउने आफ्नो उद्देश्यले थप सार्थकता पाएको बताउनुभयो ।
यता कलेजका प्रबन्ध निर्देशक राजेश भटट्राईले , लर्ड बुद्ध कलेज शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको , कलेजको गरिमा तथा साखलाई आफ्नो नेतृत्वमा थप उचाइमा पु¥याउने दृढता व्यक्त गर्नुभयो । सोहि कार्यक्रममा , भटट्राईले कलेजको व्यवस्थापकिय तथा अन्य जिम्मेवारि तोक्दै कार्य समिति विस्तार गर्नुभयोे । प्रबन्ध निर्देशक भट्टराईको नेतृत्वमा उच्च प्रविधि तथा आधुनिक भौतिक संरचना सहित कलेजको स्तरोन्नित गर्नका लागि अलपकालिन तथा दिर्घकालिन योजना समेत तर्जुमा गरियो ।
उक्त स्वामित्व हस्तान्तरण कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा. विष्टको टिमलाई शिक्षा क्षेत्रमा पनि सफलताको शुभकामना दिनुुभयो । यस्तै मन्त्री घिमिरेले डा. विष्टको टिम सबल एवम सक्षम रहेको भन्दै शिक्षा क्षेत्रको आवशयक्तता तथा मागलाई सम्बोधन गर्नु हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ , न्युरो अस्पपतालका , अस्पताल निर्देशक इं रंजित राज बस्नेत , डा. रितिक विष्ट , साथै लर्ड बुद्ध कलेजका बिभिन्न संकायका शिक्षक एवम पदाधिकारीहरु , न्यूरो हस्पिटलका बिभिन्न पदाधिकारीहरुको उपििस्थति रहेको थियो ।
डा. बिष्टको नेतृत्वमा बिभिन्न संघ संस्थाहरु संचालनमा छन् । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल , मदर एण्ड चाइल्ड हस्पिटल , न्यूरो हेल्थ कलेज लगायतका अन्य संघ संस्थाहरु प्नि संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!