शुक्रबार, पौष १८, २०७६ || 1287  पटक पढिएको

हिमपत डटकम
सुर्खेत,पौष-१८

चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न समेत सकस भएको छ ।कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षासंगै अत्याधिक चिसो बढेको छ ।हुम्लामा बिहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन कठिन भएको हो ।ठन्डीले कर्णालीका बालबालिका, वृद्धवृद्धा र घरबाहिर काममा निस्कने बढी प्रभावित भएका छन् । जुम्लामा भेडाबाख्रासहित अन्य पशुवस्तुलाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिका मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएकोे आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!