शनिबार, आषाढ ०६, २०७७ || 1631  पटक पढिएको

चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले हिजो नेकपाको पार्टी स्कुल बिभागसङ्ग मिलेर तिब्बत सरकारका पदाधिकारीहरुको निम्ति भिडियो सम्मेलन आयोजना गरेको छ । तिब्बत डेलीमा सो सम्मेलनवारे आज प्रकाशित विवरणअनुसार त्यस अवसरमा चिनियाँ पक्षबाट ब्यक्त बिचार हाल नेपालले झेल्दै गरेको सीमा समस्याका निम्ति थोरै राहतको विषय हुनसक्छ ।

नेकपा अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलसहित यताबाट सहभागी रहनुभएको भिडियो सम्वादमा चिनियाँ कम्युनिस्ट पार्टीका बिदेश बिभाग प्रमुख सोङ्ग ताओले कूटनीतिक शैली तर स्पष्ट शव्दमा भनेका थिए- जसरी हङकङ र तिब्बतको मुद्दामा नेपाली जनताले चीनलाई साथ दिदै आएको छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र सुरक्षामा चीन नेपालसङ्गै रहनेछ ।

यसअघि सन १९६२ को भारत-चीन युध्दपछि नेपाल-भारतवीच विवाद बढेको बेला प्रधानमन्त्री चौ एनलाईसङ्गै नेपाल आएका बिदेश मन्त्री तथा सेनाका मार्शल छन यीले बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा यसरी नै उद्घोष गरेका थिए- नेपालमाथि कसैले हमला गरेमा चिनियाँ जनमुक्ति सेनाले सो को प्रतिकार गर्नेछ ।

हिजोको वार्तामा चीनका तर्फबाट सोङ्ग ताओका अतिरिक्त तिब्बत हेर्ने पार्टी सचिव वु यिङ्ग्जिए र जिल्ला पार्टी स्कुल बिभाग प्रमुख सु वेन्हुइ समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!