शनिबार, आषाढ ०६, २०७७ || 482  पटक पढिएको

सरकारी अस्पतालमा कोरोना भाइरसबाहेक अन्य प्रकारका बिरामीको भर्नाभन्दा डिस्चार्ज हुने क्रम बढिरहेका बेला कोभिड अस्पतालमा उल्टो दृश्य देखिन थालेको छ। नयाँ कोरोना संक्रमित बिरामी बढेका छन्, डिस्चार्ज हुने क्रम न्यून छ।

कोरोना संक्रमण मुलुकभर फैलिरहँदा यसबाट निको भएर डिस्चार्ज र नयाँ संक्रमितबीचको अनुपात झन्डै दोब्बर हुन पुगेको छ। संक्रमण देखिएको झन्डै पाँच महिनापछि यो अवस्था देखिएको हो। नेपालमा पहिलो केस माघ ९ गते देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार मात्र ८८ महिलासहित नयाँ ४ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा पुरुष संक्रमितको संख्या ३ सय ३८ रहेको छ।

पछिल्लो चौबिस घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने मध्ये पुरुष २ सय ७ छन् भने महिला ९ जना छन्। प्रवक्ता गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। डिस्चार्ज हुनेमा झण्डै ९० प्रतिशत पुरुष छन्। हालसम्म संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ। संक्रमित मध्ये पुरुष ७ हजार ६ सय ६७ र ७ सय ७ जना महिला छन्। ७४ जिल्लामा संक्रमण फैलिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!