शनिबार, आषाढ ०६, २०७७ || 576  पटक पढिएको

प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् । निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् ।

निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिएका छन् । प्रदेशमा कोभिडबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ । विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट सङ्क्रमतको उपचार भइरहेको छ ।

यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् । यसैगरी शुक्रबार दुई जना कोभिड–१९ बाट सङ्क्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एक/एक जना छन् भने उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!