सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएको हुन् ।

शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराइन् ।

सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएको थिए ।

सांसद गिरीबाट राष्ट्रिय एकतामा खलल पार्ने काम भएको भन्दै कारबाहीका लागि उजुरी गरेको छ । गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!