शुक्रबार, आषाढ ०५, २०७७ || 949  पटक पढिएको

एक बुवाले २१ महिनादेखि आफ्नो जवान छोराको कंकाल घरमै सम्हालेर राखिरहेका छन् । उनले आफ्नो छोराको कंकाललाई सुरक्षित किसिमले राखिरहेका छन् । प्रहरीले सामान्य मृत्यु भन्दै छोराको मृत्युको घटनालाई बन्द गरिसकेको छ ।

तर बुवाले अझै पनि उनको हत्या नै भएको शंका गर्दैछन् । छोराका हत्यारालाई सजाय दिलाएर मात्रै छोराको कंकालको अन्त्यष्टि गर्ने बुबाको अडान छ ।

यो घटना भारतको राजस्थानको आबुरोड नजिकैको जामरु गाउँको हो । त्यस गाउँ बस्ने हगरा भाई नाम गरेको बुवाले २१ महिनादेखि आफ्नो छोराको कंकाल सम्हालेर राखिरहेका छन् ।

बुवाले भनेअनुसार नटुभाई नाम गरेको उनका छोरा २७ अगस्ट २०१८ मा घरबाट निक्लेका थिए । छोराको लास भने ५ सेप्टेम्बर २०१८ मा सडेगलेको अबस्थामा गाउँ बाहिर भेटिएको थियो ।

ती बुवाले हडाद प्रहरी चौकीमा केही शंकास्पद व्यक्तिहरुको विरुद्ध उजुरी दर्ता गरेका थिए । प्रहरीले भने सामान्य प्रकृतिको मृत्यु भन्दै ती उजुरी माथि अनुसन्धान गर्नुको सट्टा फाईल नै बन्द गरिदिए ।

प्रहरीको अनुसन्धानबाट असन्तुष्ट रहेका ती बुवाले आफ्नो छोराको अन्तिम संस्कार गरेनन् । उनले ती कंकाललाई आफ्नो घरको ट्वाईलेटमा प्लाष्टिकमा पोको पारेर राखेका छन् ।

दैनिक जसो ती बुवाले छोराको कंकाललाई टोकरीमा राख्ने र फेरी प्लाष्टिकमै पोको पार्ने गर्छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा हत्याबाट मृत्यु नभएको पुष्टि गरिसकेको छ ।न्युज अफ नेपालबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!