सिरहामा अवैध ६५.१७ क्यूविफिट सालको काठ सहित संचालनलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाकाले भारी परिमाणमा अवैध सालको चिरान काठ सहित एक जना लाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालीका वडा नं.३ बन्दिपुरका रामवृक्ष महतोको घरबाट काठ सहित कामदार धनुषा क्षिरेश्वर नपा २४ वर्षिय रोशन कुमार महतोलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा महतोको घरमा लुकाई छिपाई राखेको अस्थामा ६५.१७ क्यूविफिट सालको काठ सहित उपकरण बरामद गरेको हो । प्रहरीले घरको कोठामा लुकाई राखेको अवस्थामा ९० थान सालको चिरान, झ्याको तयारी फ्रेम तीन सय तीन थान बरामद गरेको छ । सोही क्रममा २ थान मोटर, ३ थान रन्दा, प्लापार्ने ग्रेन्टर २ थान, आरा एक थान र आड इन्च बेन्च ग्रिन्डर एक थान सहित ९ थान लगाएत उपकरण बरामद गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।
पक्राउ परेका मानिस सहित बरामद सामग्री आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय लहानलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) विनोद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!