स्वास्थ्य मन्त्रालयले लुकायो कोरोना सम्बन्धित महत्वपूर्ण तथ्यांक, देशैभर खैलाबैला

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ हजार १ सय ८६ जना मात्रै डिस्चार्ज भएको उल्लेख छ

शुक्रबार, आषाढ ०५, २०७७ || 1034  पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट निको हुने १ हजार ७१ जनाको तथ्यांक लुकाएको देखिएको छ। सात प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा डिस्चार्ज हुनेको तथ्यांक १ हजार ७१ ले फरक देखिएको छ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक जोड्दा हालसम्म २ हजार २ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएको देखिन्छ। तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ हजार १ सय ८६ जना मात्रै डिस्चार्ज भएको उल्लेख छ।

केही समय यता नेपालमा कोरोना संक्रमण तिव्ररुपमा बढिरहेको छ। हालसम्म ७४ जिल्लामा ७ हजार ८४८ जना संक्रमित भेटिएका छन्। जसमध्ये २२ जनाको निधन भइसकेको छ।

हेर्नुहोस् डिस्चार्ज हुनेको तथ्यांक

प्रदेश १ः२२४ जना
प्रदेश २ः ६८३ जना
वागमती प्रदेशः ५० जना
गण्डकी प्रदेशः २२ जना
प्रदेश ५ः ७४४ जना
कर्णाली प्रदेशः ५०४ जना
सुदरपश्चिम प्रदेशः ३० जना
जम्माः २२५७ जना
स्रोतः सात प्रदेशका सामाजिक विकास मन्त्रालय |-File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!