शुक्रबार, पौष १८, २०७६ || 2197  पटक पढिएको

हिमपत डटकम
काठमाडौं,पौष-१८

गत मंसिरको मध्यतिर भेट्दा नै अदालतप्रति उनको भरोसा भास्सिइसकेको थियो । उनले मलाई बारम्बार भनिरहिन्, उसको पहुँच माथिसम्म छ, मलाई न्याय मिल्दैन ।’ मैले दोहोर्‍याइरहें ‘तपाईंले पेस गर्नुभएको प्रमाण र उनैले स्विकारेको गल्तीका कारण पीडकलाई सजाय हुन्छ ।’
काठमाडौंको उनकै डेरामा यो भलाकुसारी गर्दा ‘सिद्धबाबा’ नामले चिनिने पीडक मोरङको विराट नर्सिङ होममा आराम गरिरहेका थिए । पीडितले उजुरी दर्ता गरेको जानकारी पाउने बित्तिकै उनी ‘बिरामी’ भएर त्यहाँ पुगेका थिए । पछि तीन लाख धरौटीमा थुनाबाट होइन, अस्पतालबाट निस्किए । अदालत र पुलिस प्रशासन नै शंकाको घेरामा पर्ने गरी भएको यो आदेशको खबर बाहिरिएपछि फेरि एकपटक उनको उही पीडा, उही आँसु र उही साहसलाई सम्झिएँ र फोन गरें, फोनमा पनि भेटमा जस्तै उनलाई दिनका लागि मसँग ढाडस बाहेक अर्को कुरा थिएन ।
उनीसँग यसपटक प्रहरी र न्यायालयप्रति गुनासो मात्रै बाँकी रहेछ । सम्भवतः अबको यात्रा झन् कठिन छ भन्ने सोचेर उनले भनिन्, ‘म पोलिग्राफ बयानका लागि तयार छु, पीडकसँग पनि त्यसै गरियोस् ।’ उनका हरेक आधारलाई कमजोर बनाउने गरी नयाँ–नयाँ प्रपञ्चहरू रचिएपछि उनी यो विकल्पका लागि पनि तयार भएकी हुन् ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!